२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


तालीवानले गर्यो शिक्षा नीति परिवर्तन


0
Shares

एजेन्सी । अफगानिस्तानमा तालावानी विद्रोहीले महिलाको सम्मान गर्ने भन्दै सहशिक्षा निती खारेज गर्न निर्णय गरेको छ ।

तालीवानले विद्यालय, कलेज र विश्व विद्यालयहरुमा छात्र र छात्राहरु एकै ठाउँमा बसी पढ्न नपाउने र महिला विद्यार्थीहरुका लागि पुरुष शिक्षकले पढाउन नपाउने नियम लागु गरेको छ ।

तालीवानका कार्यबहाक शिक्षा मन्त्रीमा अब्दुल बाकी हक्कानी नियुक्त भएपछि यो नियम लागु गरिएको हो । नयाँ नियम अनुसार पहिलेको विद्यालय, कलेज र विश्वबिद्यालयका छात्राहरुले पठनपाठन क्षेत्र परिवर्तन गर्नुपर्ने छ ।