१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन


0
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका राम्दिमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सडक अझै खुल्न सकेको छैन । लगातार बर्षाका कारण बाटो खुलाउन समस्या भएको हो ।

राजमार्ग अवरुद्ध हुदा स्याङ्जा तर्फ सानाठूला सवारीसाधन गरि ९० र पाल्पा तर्फ ६० सानाठूला सवारीसाधन अलपत्र परेका छन् । राजमार्ग भन्दा करिव ५० मिटर माथिबाट आएको ठुलो चट्टानसहितको पहिरो गएको छ । राजमार्गमा गएको पहिरोले हिजो दिउसो एक जनाको मृत्यु भएको थियो । राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्लाम प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।