
धादिङ। धादिङको ज्वालामुखी ५ खरिबाट जिल्ला सदरमुकाम धादिङबेशी आउँदै गरको बा ३ ख ५६२३ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा २३ जना घाईते भएका छन ।
ट्रक आज बिहान करिब १० बजे निलकण्ठ नगरपालीका ८ बगैचामा पल्टिएको थियाे । दुर्घटनामा परि गम्भिर घाईते ज्वालामुखी ५ का सजिता तामाङ , मिना श्रेष्ठ , बलबहादुर अधिकारी र राजाराम अधिकारीलाई हेलिकप्टरबाट उपचारको लागी काठमाडौं पठाईएको छ ।
अन्य ६ जना लाई भने एम्बुलेन्स बाट काठमाडौं पठाईएको छ । दुर्घटनामा परि सामान्य घाईते भएकाहरूको जिल्ला अस्पतालमा धादिङबेशीमा उपचार भै रहेको छ । ब्रेक फेल भएका कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्