१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते


0
Shares

धादिङ । करेन्ट लागेर जिल्लामा दुई जनाको मृत्यु भएको छ ।

गजुरी गाउँपालिका –५ गलौधीमा करेन्ट लागेर अर्का जना घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजारका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् ।

एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।