१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डेढ सय फिटसम्म गहिराे जाँदा पनि नभेटेपछि पाइपमार्फत खानेपानी लैजाँदै प्रदेश २ सरकार


0
Shares

काठमाडौं । प्रदेश २ सरकारले बाराको पथलैयादेखि अमलेखगञ्जसम्म १० किलोमिटर पाइपलाइन मार्फत खानेपानी लैजाने योजना सुरु गरेको छ ।

चुरेको फेदमै अवस्थित अमलेखगञ्जमा १ सय ५० फिटसम्म पानीको सतह नभेटिएपछि बोरिङ गाड्न सम्भव नभएकाले पाइपलाइन मार्फत पानी लैजान प्रदेश सरकारले काम सुरु गरेको हो । प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।

भारतका दक्ष प्राविधिकहरूबाट सम्भाव्यता अध्ययनका साथै सर्भे र नक्सांकन सम्पन्न गराएको मन्त्रालयले जनाएको छ । अमलेखगञ्जको लागि मात्रै पथलैयामा नयाँ बोरिङ गाडेर १० किलोमिटरभित्र दुई स्थानमा पम्पिङ्ग स्टोरेज बनाएर पाइपको माध्यमबाट चौबीसै घण्टा अमलेखगञ्जमा पानी उपलब्ध गराउने योजनाको लक्ष्य छ ।

करिब १५ करोड लागत अनुमान रहेको योजनामा मन्त्रालयले सुरुमा ५ करोडको लगानीमा काम थाल्ने भएको छ भने बाँकी अपुग रकम प्रदेश अर्थ मन्त्रालयबाट प्राप्त हुने जनाइएको छ । वातावरण अनुकुल भएमा प्रदेश सरकारले एक वर्षभित्रै अमलेखगञ्जमा पानी पु¥याउने मन्त्रालयले दावी गरेको छ ।