११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


फेरि बढे कोरोना संक्रमित, काठमाडौंमा मात्र ९ सय ६ संक्रमित


0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित फेरि बढेका छन् ।

आइतबार पाँच महिनापछि पहिलो पटक सबैभन्दा कम १३ सय ८८ जना व्यक्तिमा मात्र संक्रमण देखिएकामा सोमबार बढेर २३ सय पुगेका छन् । १६ हजार २ सय ३३ जनाको परीक्षणबाट २२ सय ९५ जनामा संक्रमण देखिएको हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्र ९ सय ६ जना हुन् । जसमा काठमाडौंका ६ सय ६५, ललितपुरका १ सय ३८ तथा भक्तपुरका १ सय ३ जना हुन् । त्यस्तै झापाका १ सय १७, कास्कीका १ सय ७ तथा सुनसरीका सय जना थपिएका छन् ।

सोमबार १८ सय ८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशतलाई निको भएको छ ।

त्यस्तै थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट नेपालमा १० हजार ७ सय ३० जनाको मृत्यु भइसकेको छ । देशभर हाल ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित छन् ।