८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाढी र पहिरोले देशभरका १७ राजमार्ग अवरुद्ध, १ सय १९ सडक एकतर्फी सञ्चालन


0
Shares

काठमाडौं । लगातारको वर्षाका कारण गएको बाढी पहिरोले देशका अधिकांश स्थानका राजमार्ग अवरुद्ध भएका छन् ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र धेरै सडक एकतर्फी सञ्चालनमा आएको सडक विभागले जनाएको छ । विभागका अनुसार अहिले पनि राष्ट्रिय राजमार्गका १७ स्थानको सडक पूर्ण रुपमा अवरुद्ध छ ।

१ सय १९ अवरुद्ध सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । एकतर्फी सञ्चालनमा आएका सडकको यात्रा पनि सुरक्षित नभएको विभागले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

उता पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पनि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।