
काठमाडौं । आगामी सेप्टेम्बर २३ मा आयोजना गरिने माउण्ट एभरेष्ट फेसन रनवेको तयारी अन्तिम चरणमा पुगेको छ ।
फेसन सोले जुन क्षेत्रमा काम गर्याे त्यहि क्षेत्रमा केही फाइदा होस भन्ने हेतुले सामाजिक कार्य गर्ने जनाइएको छ । स्वदेशी एवं विदेशी १४ मोडलले सहभागिता जनाउने फेसन सोमा स्थानीय श्रोत साधनको प्रयोग गरी तयार गरिएका पहिरन प्रयोग गरिने छ ।
फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
फेसन सो ले नेपाली पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ । संकलित रकम खुम्बु क्षैत्रको विकासका लागि समेत सहयोग गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्