
काठमाडौं । नेपालमा उत्पादन भएका वस्तुहरूको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन गरेको छ ।
परिसंघले परिसंघका राष्ट्रिय परिषद् सदस्य अमित मोरको संयोजकत्तवमा उक्त समिति गठन गरेको हो । समितिले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधिको व्यवस्थाअनुसार नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र सहज तथा सरल रूपमा निर्यातकर्तालाई उपलब्ध गराउने जनाइएको छ ।
हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरूका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्