
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तीन दिनभित्र काठमाडौं सफा गर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले सिसडोलको सडक हिलाम्मे नभएको नभए आफूहरुले तीन दिनभित्र काठमाडौैंलाई सफा गर्ने बताउनुभयो ।
‘हामीले फोहोर व्यवस्थापन गर्नै ठाउँमा बाटो बन्यो भने भोलिदेखि नै फोहोर उठाउँछौं, हामीसँग भएको साधनले भ्याएन भने अरु गाडी भाडामा ल्याएर भए पनि रातारात फोहोर उठाउँछौं,’ उहाँले भन्नुभयो, ‘दुई÷तीन दिन भित्रमा काठमाडौंलाई पहिला जस्तै सफा गर्छौं ।’
उहाँले सडक विभागले सडक नबनाइदिएको कारण आफूहरुले फोहोर विसर्जन गर्न नपाएको बताउनुभयो । महानगरपालिकाले खर्च गर्छ भन्दा पनि सडक विभागले काम नगरेको गुनासो गर्दै उहाँले सडक बनेको तीन दिनभित्र काठमाडौं सफा हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्