
लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्लेको एउटा घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । गएराती भएको आगलागीमा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका दम्पत्ति १५ दिनअघि मात्रै सुधार केन्द्रमा बसेर घर फर्किएका थिए । ढुङ्गामाटोको गाह्रो र जस्तापाताको छाना भएको एकतले घर जलेर नष्ट भएको छ । धर्मराज पूर्वगोरखा सैनिक रहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्