
पाल्पा । तत्कालिन नेपाली सेनाले अंग्रेजलाई युद्धमा पराजित गरेको सम्झनामा पाल्पामा विजयउत्सव मनाइएको छ ।
नेपालको वीरता, राष्ट्रियता र देशभक्तिसंँग जोडिएको पाल्पाको २०३औं ऐतिहासिक भगवती जात्रा मन्दिर परिसरमै मनाइएको छ । कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा तथा इतिहास नतोडियोस् भन्दै मंगलबार मन्दिर परिसरमै विजयउत्सव भगवती जात्रा निकालिएको हो ।
वि.सं. १८७१ देखि १८७२ सम्मको अंग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झना स्वरुप वि.सं. १८७६ देखि विजयउत्सव मनाउन थालिएको हो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा रहेका नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजय प्राप्त गरेको थियो ।
लडाइँमा जानुअघि कर्णेल सिंहले युद्ध जितेमा भव्यताका साथ भगवतीको सिन्दुर जात्रा गर्ने भाकल अनुसार प्रत्येक भाद्र कृष्णपक्षको नवमीका दिन विजयउत्सव मनाउने परम्परा रहँदै आएको संस्कृतीविद् निर्मल श्रेष्ठले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्