१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पार्टीले लिने मन्त्रालय छिटो टुंग्याउन प्रधानमन्त्रीलाई पौडेल पक्षको दवाव


0
Shares

काठमाडौं । पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन भन्दै सत्तारुढ दलकै नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

सत्तारुढ दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री देउवालाई दवाव दिएको हो । गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।

वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा बसेको पौडल पक्षको बैठकले प्रधानमन्त्रीले आफू पक्षलाई दिने मन्त्रालयबारे कुनै छलफल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । आफूहरुसँग पनि छलफल गर्नुपर्नेमा बैठकले जोड दिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

पौडेल पक्षको बैठकले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ । पौडेल पक्षभित्र १४ औं महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी हुनुहुन्छ ।

नेताहरुले आगामी महाधिवेशनमा सहमतिको आधारमा उम्मेदवारी दिने प्रतिवद्धता जनाएको नेता केसीले जानकारी दिनुभयो ।