
नुवाकोट । जिल्लामा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
ढिकुरेबाट बाट विदुरतर्फ गइरहेको बा १ ज ९४५ नम्बरको माइक्रोबस लिखु गाउँपालिका–१ शेरामा दुर्घटना हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर सवारी दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा लिखु–१ का गाडी चालक राजु तामाङ, प्रचण्ड नेपाली, दलबहादुर विक, वडा–२ का आशिका ढुंगाना, सोही ठाउँका सविन्द्र तामाङ, पन्चकन्या गाउँपालिका–का १ लक्ष्मी अधिकारी खड्का, दुर्गा न्यौपाने र वडा–५ का रामकृष्ण श्रेष्ठ रहेका छन् ।
घाइतेमध्ये नेपालीलाई उपचारको लागि काठमाडौं पठाइएको छ । सात जनाको जिल्लाको अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । सडकको बायाँपट्टी छेउको कटुसको रुखमा माइक्रोबस ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्