१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोभिडबाट थप २० जनाको मृत्यु, ४४ लाखले लगाए पूर्ण खोप


0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरस(कोभिड–१९)बाट थप २० जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ । कुल संक्रमितको डेढ प्रतिशतको मृत्यु भएको हो ।

त्यस्तै कोरोना भाइरसका १६ सय ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल पीसीआर परीक्षण गरिएकामध्ये १६ दशमलव ७१ प्रतिशतमा संक्रमण देखिएको जनाएको छ ।

थपिएकामा काठमाडौंका ४ सय १३, झापाका १ सय ३६, कास्कीका १ सय २६, सुनसरीका ९५, ललितपुरका ८७ तथा भक्तपुरका ६४ जना हुन् । हाल ३५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार थप १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म ५३ लाख ३९ हजार २ सय ५२ जनाले पहिलो तथा ४४ लाख ५९ हजार ७ सय ६१ जनाले दुवै डोज खोप लगाएका छन् ।