७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


जगदम्बा स्टीलमा भएको तोडफोडप्रति महासंघको भर्त्सना, दोषीलाई कारबाहीको माग


0
Shares

काठमाडौं । वीरगंज पथलैया औद्योगिक करिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रालिमा हालै भएको तोडफोडको नेपाल उद्योग वाणिज्य महासंघले घोर भर्त्सना गरेको छ ।

महासंघले मंगलबार विज्ञप्ति जारी गरी प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उद्योगको अमोनिया ग्याँस टयाङ्कीबाट ग्यास लिक भई भएको घटना लगत्तै उद्योग परिसरभित्र स्थानीयहरू वलजफती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ ।

वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुदै तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको महासंघले जनाएको छ । यसले एकातिर उद्योग र स्थानीय जनता बीचको आपसी विश्वासमा कुठाराघात गर्ने र अर्कोतिर उद्योगी व्यवसायीको मनोवल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ चिन्ता बढेको महासंघले जनाएको छ ।

उद्योगमाथिको आक्रमण बन्द गर्न र यस्ता कार्यमा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानूनको दायरामा ल्याई कारबाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्न महासंघले संघीय सरकार सहित तीनै तहका सरकार समक्ष गम्भीर आग्रह गरेको छ ।