१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भासिएको सडक मर्मत नहुँदा तातोपानी नाकाबाट हुने आयात ह्वात्तै घट्यो


0
Shares

काठमाडौं । चीन जोड्ने उत्तरी नाका तातोपानीबाट दुई महिना यता न्यून मात्रामा सामग्री आयात भएको छ ।

सीमावर्ती क्षेत्र लिपिङ बजार जोड्ने पुल र कोदारी राजमार्गकोे लार्चा–कोदारी बजार क्षेत्रको सडक भासिँदा गत असार १ देखि नाका पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

हाल खासाबाट दैनिक बढीमा दुई वटा गाडी मात्रै आइरहेको छ । कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदूरले बोकेर वारी ल्याउने गरेका छन् ।

यसअघि राजमार्ग र लिपिङपुलमा भरिया लगाएर सामान ल्याउने गरिएको थियो । सडक मर्मत नहुँदा तातोपानी भन्सार कार्यालयले साउनमा ७ करोड २१ लाख रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । असारमा ११ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।