
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ ।
क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो ।
क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादति जिल्लाको क्रियाशील टुंग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।
मंगलबारको बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए । उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाव पनि दिएका छन् ।
साथै पौडेल समूहले आफ्नो समूहमा सभापतिको आंकाक्षी उम्मेद्वारबाट एक उम्मेदवार बनाउने विषयमा पनि छलफल गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्