१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बुद्ध एयरद्वारा पोखरा–सिमरा उडान सुरु, यस्तो छ भाडादर


0
Shares

पोखरा । बुद्ध एयरले पोखरा—सिमरा उडान सुरु गरेको छ ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसहित नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पर्यटन सम्बद्ध क्षेत्रका पदाधिकारी तथा सञ्चारकर्मीसहितको १८ जनाको टोली बुधबार सिमरा गएको हो ।

बुद्ध एयरले पोखरा—सिमरा उडान हप्ताको तीन दिन गर्न लागेको पोखरास्थित बुद्ध एयरका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

बुद्ध एयरले प्रारम्भमा १८ सिट क्षमताको बीच क्राफ्टमार्फत आफ्नो उडान भर्ने छ । साताको आइतबार, बुधबार र शुक्रबार उडान तालिका राखिएको छ ।

पोखरा—सिमरा उडानको भाडादर ४ हजार ७ सय ७० र ५ हजार २ सय ७० रुपैयाँ तोकिएको छ ।