१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशको अनुमति


0
Shares

काठमाडौं । नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण फुटबल खेल हेर्न सरकारले दर्शकलाई अनुमति दिएको छ ।

सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न अनुमति दिएको हो ।

सरकारले ५ हजार १ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । टिकट प्रभु पेबाट किन्न सकिने छ ।

नेपालले भारतसँग बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।