१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कैलालीका तीन जनप्रतिनिधि एकीकृत समाजवादीमा खुले


0
Shares

बिराज रोस्यारा
कैलाली । नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा स्थानीय तहका जनप्रतिनिधि पनि खुल्न थालेका छन् ।

बुधबार कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगर सहित तीन जनाले नेकपा (एस) पार्टीमा सनाखत गरेका छन् ।

प्रदेश निर्वाचन आयोग, धनगढी स्थित कार्यालयमा पुगेर अध्यक्ष बुढामगरले नेकपा (एस) मा सनाखत गरेकी हुन् । यस्तै दुई जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जनाएको छ ।

यसअघि सोमबार मात्रै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदले नेकपा एकिकृत समाजगवादी पार्टीमा सनाखत गरेका थिए ।

निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरूलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।