८ चैत्र २०८१, शुक्रबार | Fri Mar 21 2025


प्रदेश २ का १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी


0
Shares

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन् ।

सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण साह, जयनुल राइन, अलका झा त्यसैगरी बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह रहेका छन् ।

बाँकी रहेका प्रदेशसभा सदस्यहरूले बिहीबार सनाखत गराउने लोसपाका नेताहरुले बताएका छन् ।

प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरू रहेका थिए । जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए ।

नयाँ दलमा खुल्नका लागि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय उपलब्ध गराएको छ ।