
एजेन्सी । जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै संसदको तल्लोसभा ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ विघटन नहुने प्रष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा संसद विघटन नहुने बताउनुभयो । जापानमा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका कारण राजनीतिक दल र नागरिकले पनि सरकारको विरोध गर्ने गरेका छन् ।
जापानका विभिन्न विपक्षी राजनीतिक दलले यही कारणले संसद विघटन पनि हुनसक्ने बताएका थिए । दलको यही आशङ्काका बीचमा प्रधानमन्त्री सुगाले संसद विघटनको कार्यक्रम नरहेको स्पष्ट पार्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्