२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सम्हालियो सेयर बजार, कारोबार ९ अर्बमा खुम्चियो


0
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो उच्च अंकले ओरालो लाग्दै गएको सेयर बजार बुधबार सम्हालिएको छ । लगातार ओरालो लाग्दै आएको बजार परिसूचक नेप्से यस दिन तीव्र उतार चढावबीच हरियो रहेर थामिएको हो ।

बुधबार नेप्से १ अंकले मात्रै उकालो लाग्दा २९ सय ७७ विन्दुमा पुग्यो । यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आउँदा कारोबार पनि ९ अर्बमा खुम्चियो । यसदिन होटल तथा पर्यटन समुहमा १ सय ३० अंकको सुधार आउँदा जीवन बिमा समुहमा ७४ अंकको सुधार आयो ।

विकास बैंक, जलविद्युत, लघुवित्त, निर्जिवन बिमा दोहोरो अंकले ओरालो लागे । यसदिन ६८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ५ कम्पनीको शेयर मुल्य ओरालो लाग्यो । यसदिन रुरु जलविद्युतका शेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाउँदा सनराईज फष्ट म्युचअल फन्डका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

बुधबार २ सय २६ कम्पनीको १ करोड ७१ लाख कित्ता सेयर ९ अर्ब ३५ करोडमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।