१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल क्षेत्रको संरक्षणका लागि बजेट र मौद्रिक नीतिका विषय कार्यान्वयन गर्न होटल संघको आग्रह


0
Shares

काठमाडौं । बजेट र मौद्रिक नीतिले कोभिड प्रभावित होटल क्षेत्रको संरक्षणकालागि सम्बोधन गरेका विषयहरु यथाशिघ्र कार्यान्वयनका लागि होटल संघ नेपालले सरकारसमक्ष आग्रह गरेको छ ।

संघका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गर्नुभएको हो ।

अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताउनुभयो ।

उहाँले होटल उद्योगमा खरबौंको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको पनि उत्तिकै दायित्व रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरु साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषयहरु यथाशिघ्र कार्यान्वयन गर्न पनि उहाँले माग गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा सरकारको तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकोले यसलाई कम्तिमा १ बर्षसम्म निरन्तरता दिन पनि आग्रह गरिएको छ ।