२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सिमकोट गाउँपालिकाका विद्यालयहरु भदौ २७ गतेबाट खुल्ने


0
Shares

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकाका विद्यालयहरु भदौ २७ गतेबाट खुल्ने भएका छन् । कोरोना संक्रमण दर कम हुँदै गएको भन्दै गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सुचारु गर्ने निर्णय गरेको हो ।

तर विद्यालयहरुले स्वास्थ्य मापदण्ड भने पुर्ण रुपमा पालन गर्नुपर्ने जनाइएको छ । यसअघि लामो समय बन्द रहेका जिल्लाका सामुदायिक विद्यालयमा सावधानी अपनाएर पढाइ सञ्चालन गर्ने जिल्ला कोभिड संकट व्यवस्था केन्द्रले निर्णय गरेको थियो ।

केन्द्रको निर्णयपछि कोरोनाको अवस्था मुल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने वातावरण बनेसँगै गाउँपालिकालाई विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो ।