
फाइल तस्बिर
एजेन्सी । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले अन्तराष्ट्रिय फुटबलमा कुनैपनि देशको लागि सर्वाधिक गोल गर्ने किर्तीमान बनाएका छन् ।
विश्वकप छनौटअन्तर्गत युरोपेली महादेशको छनौट खेलमा पोर्चुगलले गएराति रिपब्लीक अफ आयरल्याण्डलाई २–१ ले हरायो । उक्त खेलमा पोर्चुगलक लागि दुबै गोल रोनाल्डोले गरे ।
यो सँगै रोनाल्डोले आफ्नो देश पोर्चुगलका लागि १ सय ११ गोल गरेका छन् । यसअघि देशका लागि सर्वाधिक गोल गर्ने किर्तीमान इरानका अली दाइको नाममा थियो ।
उनले सन् १९९३ देखि २००६ सम्म इरानको राष्ट्रिय टोलीबाट खेल्दै १ सय ९ गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्