
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
गृहनगर स्याङ्जाबाट सभापतिमा उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूलाई साथ दिनुपर्ने बताउनुभयो ।
गुटरहित कांग्रेस बनाउने अभियानलाई सार्थक बनाउन आफूले सभापति पदमा उम्मेदावरी दिन लागेको श्रेष्ठले बताउनुभयो ।
सनातन धर्मसहितको धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेकोसमेत उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्