१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चार प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुने


0
Shares

काठमाडौ‌ । ल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा केही तल रहेको छ।

जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाखाशाले नु हुन अनुरोध गरेको छ।