
एजेन्सी । जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन पहिलो खेलमै पराजित भएकी छिन् ।
पारा तेक्वान्दोको आज बिहान भएको खेलमा महिला के४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् ।
प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो । ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए ।
टोकियो पारा ओलम्पिकमा सहभागि हुने पलेशा नेपालको एक मात्र खेलाडी हुन् । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य पदक जितेकी थिईन् भने विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्