२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा व्यापक वर्षा, नदी आसपासका सडक र बस्तीहरु डुबानमा


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गए रातीदेखि ब्यापक वर्षा भईरहेको छ । मध्य रातीपछि मेघ गर्जन र चट्याङसहित ठूलो वर्षा शुरु भएको थियो ।

वर्षा हुने क्रम अहिले पनि रोकिएको छैन । लगातारको मुसलधारे वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको वहाव निकै उच्च भएको ।

बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ ।

टेकु, कालीमाटी, शोभा भगवती, थापाथली, बोहोराटार, गोंगबु, मैतीदेवी, रातोपुल क्षेत्र पूरै डुबानमा परेका छन् । कतिपय ठाउँमा सडकमा गाडी चलाउनै नमिल्ने गरी पानी भरिएको छ ।

बाढी र डुबानबाट भएको क्षतिको विवरण भने आईसेको छैन ।