
फाइल फाेटाे
काठमाडौं । दार्चुला तुईन प्रकरणमा नेपाल सरकारले आज भारतलाई औपचारिक पत्र पठाउने भएको छ ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी समाल्नुभएका प्रधानमन्त्री शेर बहादुर देउवाले भारतसँग कुटनीतिक पहल थाल्न निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले आज पत्राचार गर्न लागेको हो ।
दार्चुलाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनामा भारतीय सिमा सुरक्षा बल एसएसबीको दोष रेहको निष्कर्ष गृह मन्त्रालयको छानविन समितिले निकालेको थियो ।
गृहसचिवको नेतृत्वमा गठित छानबिन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा समस्या समाधानका लागि अनुरोध गर्दै भारत सरकारलाई नेपालले पत्र पठाउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्