
बैतडी । बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन आज हुदैंछ । देशका अधिकांस जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन स्रु भएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै बैतडीमा भने निर्धारित मितीभन्दा हुन लागेको हो ।
आज भदौ २१ गते वडा अधिवेशन गर्ने यसअघिको निर्णय अनुसार जिल्लाका ८४ वटै वडामा अधिवेशन हुन लागेको बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सबै वडामा आज अधिवेशन हुन्छ, धेरैमा सर्वसम्मत हुन्छन् ।”
वडादेखि जिल्लास्तरसम्म सर्वसम्म्त रुपमा नेतृत्व चयन गर्ने प्रयास जारी रहेको नेपाली कांग्रेस बैतडीका सचिव वीरवहादुर विष्टले बताउनुभयो । कांग्रेस बैतडीको पहिलो प्राथमिकता सर्वसम्मत रुपमा नेतृत्व चयन हुनपर्छ भन्ने हो,सोहीअनुसारको कसरत जारी रहेको विष्टको भनाई छ । उहाँले भन्नुभयो,“सबै तहमा सर्वसम्मत चयनका लागि प्रयास हुनेछ, त्यसो हुन नसेके लोकतान्त्रिक विधि प्रक्रियाअनुसार चुनावमा जानेछौं । ”
निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन् । मतदान अधिकृत नियुक्त गरि उनीहरुलाई आवश्यक प्रशिक्षण तथा मतदान सामग्रीहरु दिएर सम्वन्धित केन्द्र खटाइसकिएको छ ।
यसका साथै उनीहरुलाई मतदान सामग्रीहरु समेत उपलब्ध गराईने छ । यस्तै क्रियाशिल सदस्यतामा कुनै त्रृटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिइएको छ । बैतडीका ६ हजार ६ सय क्रियाशिल सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्