
काठमाडौं । एमसीसीको बिरोधमा अमेरिकी दुतावास अगाडि प्रर्दशन गर्न पुगेका मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी)मा आवद्ध विद्यार्थी संगठनका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो महाराजगंजस्थित अमेरिकी दुतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रर्दशनकारीहरुले दुतावास अगाडिको सडकमा उभिएर एमसीसीको विरोधमा नारा लगाएका थिए।
अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ । यता, सरकारले एमसीसीबारे स्पष्ट पार्न माग गर्दै अमेरिकी सरकारलाई पत्राचार गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सो सम्झौंता पारित गर्ने षडयन्त्र नगर्न सरकारलाई सचेत गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्