१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती महारानीले राजा वीरेन्द्रलाई उपहार दिएको यो दुर्लभ बग्गी…


39
Shares

गृष्मा राजभण्डारी

काठमाडौं । बग्गीको केही भागमा २०७२ सालको भुकम्पले क्षति पु¥याएपछि नेपाली सेनाले संरक्षणका लागि भन्दै आफ्नो संग्रहालयमा लगेको थियो । हरेक बर्ष मनाइने घोडे जात्राका दिन सेनाले यसको प्रदर्शन गर्दै आएको थियो ।

नारायणहिटी संग्रहालयको स्वामित्वमा रहेको बग्गी लामो समयपछि फिर्ता आएसँगै यसलाई सर्वसाधारणको अवलोकनका लागि राखिएको छ । पुराना चीजवस्तुलाई किराको संक्रमणबाट जोगाउन टिमुरको पाउडर हाल्ने गरिएको छ । कुनै समय राजा वीरेन्द्रको राजकीय सवारीका बेला उपयोग हुने यो बग्गी उपहारमा आएको हो ।

गोल्डेन बग्गीको नामले परिचित यो बग्गीमा राजा बीरेन्द्र धेरैपल्ट सवार भएको इतिहास छ । यो बग्गी दुई या चार घोडाले तान्न मिल्छ । बग्गीमा ३ जनासम्म सवार हुन मिल्ने सीटको व्यवस्था छ । बग्गी चढ्ने मानिसले चाहेमा पर्दा लगाएर बस्ने सुविधा पनि छ । रोचक त के छ भने यो बग्गीको सजावट नेपालको राष्ट्रिय फूल लालिगुराँसको आकारप्रकारमा गरिएको छ ।

राजा वीरेन्द्रको शेखपछि पूर्वराजा ज्ञानेन्द्र शाहले विशेष पर्वमा यो बग्गी चढ्ने गर्नुभएको थियो । उपहार लिने मात्र हैन दिने मुलुकका लागि पनि यस्ता बस्तु दुर्लभ भइसकेका छन् । राजनीतिक व्यवस्था परिवर्तन भएको सन्दर्भमा राजामहाराजाको इतिहास झल्काउने यस्ता वस्तुको महत्व झन्झन् बढ्दै गएको छ । पुर्खाको नासोका रुपमा रहेका यस्ता सम्पदा जोगाएर नयाँपुस्तालाई हस्तान्तरण गर्नु अहिलेको परम आवश्यकता हो ।