३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अमेरिकाले भन्यो–’एमसीसीबारे तथ्यगत बहस स्वागतयोग्य’


0
Shares

काठमाडौं । नेपाल सरकारले एमसीसीको विरोध गर्नेहरुलाई कारबाही गर्ने धम्की दिईरहेको बेला अमेरिकाले भने एमसीसीबारे बहस गर्ने छुट सबैलाई रहेको बताएको छ ।

नेपालमा एमसीसी सम्झौतालाई लिएर भईरहेको बहसप्रति लक्षित गर्दै काठमाडौंस्थिति अमेरिकी दूतावासले ट्वीटर मार्फत तथ्यमा आधारित बहस गर्न सबैलाई छुट रहेको र आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको हो ।

‘एमसीसी सम्झौताबारे तथ्यमा आधारित बहस र अभिव्यक्ति स्वतन्त्रताको हामी दृढ समर्थन गर्दछौँ’, दूतावासको ट्वीटरमा भनिएको छ ।

यस्तै दूतावासले ‘शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको आत्मा हो भन्दै अमेरिका दशकौंदेखि नेपाल र नेपाली जनताको समृद्धिको साझेदार रहेको जनाएको छ ।

नेपालको गृह मन्त्रालयले भने गत शनिबार एमसीसीमाथि जथाभावी बहस र टिप्पणी नगर्न सार्वजनिक चेतावनी दिएको थियो ।