२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसको पाँच जिल्लाको वडा अधिवेशन आज


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज पाँच वटा जिल्लामा वडा अधिवेशन हुँदैछ । अधिवेशन अन्तर्गत आज गुल्मी, रोल्पा, प्यूठान, कालिकोट र दार्चुला गरेर ५ जिल्लाको वडा अधिवेशन हुँदैछ ।

निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार हालसम्म ४९ जिल्लाका वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । भोली २ जिल्लामा वडा अधिवेशन भएपश्चात् ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ ।

क्रियाशील सूची प्राप्त भएका ५६ जिल्लाको वडा अधिवेशन भोलिसम्म सम्पन्न हुन्छ,उहाँले भन्नुभयो–बाँकी २१ जिल्लाको चाहिँ पार्टीले क्रियाशीलको अन्तिम नामावली प्रकाशन गरेपश्चात् हुन्छ ।

१४ औं महाधिवेशन अन्तर्गत सोमबार ११ जिल्लामा अधिवेशन भएको थियो । १८ भदौंबाट कांग्रेसको वडा अधिवेशन शुरु भएको हो ।