२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पौडेल समूहले देउवाको ध्यानाकर्षण गराउँदै


0
Shares

deuba poudel meet

काठमाडौं । विवाद नभएका जिल्लामा पनि वडा अधिवेशन रोकिएको भन्दै पौडेल समूहले कांग्रेस सभापति शेरवहादुर देउवाको ध्यानाकर्षण गराउने भएको छ ।

स्रोतका अनुसार आज संसदीय दलको बैठक बस्नु अगाडीनै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवालाई भेटेर समूहले ध्यानाकर्षण गराउन लागेको हो ।

“भेट्ने समय टुंगो लागिसकेको छैन, अहिले छलफल नै हुँदैछ, आजै भेटेर ध्यानाकर्षण गराउँदैछौं ,”स्रोतले भन्यो ।

सभापति देउवालाई ध्यानाकर्षण गराउन वरिष्ठ नेता रामचन्द्र पौडेल सहित,महामन्त्री डा. शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु बालुबाटार जानेछन् । देउवालाई भेटेर यथाश्रिध वडा अधिवेशन गराउन दबाव दिने तयारी पौडेल समूहको छ ।

कांग्रेसमा २१ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने अन्योल छ । क्रियाशील विवाद समाधान समितिले क्रियाशील सदस्यता नविकरण र वितरणमा देखिएको समस्या समाधान गर्न नसक्दा वडा अधिवेशन हुन नसकेको हो ।

स्रोतका अनुसार भेटमा सरकार सञ्चालनको विषयमा पनि छलफल हुनेछ । सरकार विस्तारमा भएको ढिलाइ, गृह मन्त्रालयको विवादास्पद विज्ञप्ती लगायतका विषयमा पनि प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको ध्यानाकर्षण गराउने तयारी भएको जनाइएको छ ।