७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने


0
Shares

काठमाडौं । देशका केही प्रदेशहरुमा आज पनी ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज देशका चारवटा प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।

आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुनेछ । विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । काठमाडौंमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।