७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


एमसीसीका उपाध्यक्ष फतिमा आज नेपाल भ्रमणमा आउँदै, सम्झौता अनुमोदनको प्रयास जारी


0
Shares

काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् ।

चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्नेछ । उपाध्यक्ष सुमारको टोली कतार हुदै काठमाडौं आउन लागेको हो । चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशिय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।