
file photo
काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट गरिरहेको अवस्थामा सत्ता गठबनधनले आफ्नो साझा धारणा तय गर्न लागेको हो ।
बैठकमा सरकार विस्तारबारे पनि छलफल हुने बताईएको छ । हिजो बालुवाटारमा बसेको गठबन्धनको बैठकमा उपेन्द्र यादव अनुपस्थित भएपछि महत्वपूर्ण विषयहरुमा छलफल हुन पाएको थिएन । हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि ढिलो पुगनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्