
काठमाडौं । क्यानडाकी टिनएजर लेला फर्नान्डेज युएस ओपन टेनिसको फाईनलमा पुगेकी छिन् । अमेरिकाको न्युयोर्कमा आज बिहान भएको सेमिफाईनल खेलमा दोस्रो वरियताकी एरिना साबालेन्कालाई हराउँदै फर्नान्डेज फाईनलमा पुगेकी हुन् ।
बेलारुसी खेलाडी साबालेन्का विरुद्धको खेल १९ वर्षिय फर्नान्डेजले ७–६, ४–६ र ६–४ ले जितिन् । युएस ओपनमा सनसनीपूर्ण प्रदर्शन गरिरहेकी फर्नान्डेजले यसअघि पनि शिर्ष वरियताका खेलाडीहरुलाई निराश पारेकी थिईन् । फर्नान्डेजले अब फाईनलमा बेलायतकी इम्मा राडुकानु र ग्रिसकी मारिया सक्कारीबिचको विजेतासँग खेल्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्