१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गणेश : मुलाधार चक्रको प्रतिक, वैज्ञानिक दृष्टिमा ‘इलेक्ट्रोन’


65
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । शुभ र शुद्धताको प्रतिक श्रीगणेश, हरेक शुभकार्य गर्नुअघि शिव–पार्वती पुत्र गणेशलाई पूजा गर्ने परम्परा छ । रिद्धि–सिद्धि दुई श्रीमती र शुभ–लाभ दुई छोराहरुको साथ रहने गणेश अष्टसिद्धिका दातासमेत हुनुहुन्छ ।

सांसारिक भोग र कार्य सिद्धिका लागि विध्नहर्ता गणेशलाई पुज्ने गरिन्छ । शवबाट निराकार शिव र निरञ्जन शिवको सांसारिक अशंको रुपमा पनि गणेशलाई लिइन्छ । गणेश चतुर्थि गणेशको जन्म दिन हो ।

गणेशलाई प्राचिनकालदेखि विभिन्न रुप र संस्कृतिअनुसार पुजिँदै आइएको छ । नेपालमा विशेषत नेपाल मण्डलमा तान्त्रिकरुप गणेशको पूजा आराधना हुने गरेको छ । मध्यकालमा तन्त्र साधनाको व्यापकतासँगै गणेशको विशेष स्थान रहेको पाइन्छ । तसर्थ नेपाल मण्डलको हरेक चोकमा विभिन्न गणेशको मन्दिरहरु रहेका छन् ।

पशु बलि र पञ्चमकारसहित नाग र सिंह वाहनमा पनि गणेशको पूजा गरिन्छ । तन्त्र साधनामा गणेशको विशेष स्थान रहेकाले बज्रयान बौद्ध धर्मले पनि यसलाई स्वीकारेको छ । गणेश विषयमा विद्यावारिधी गर्नु भएका प्राध्यापक डाक्टर मिलनरत्न शाक्यका अनुसार गणेश मुलाधार चक्रको प्रतिक हो ।

वैज्ञानिक दृष्टिले यसलाई इलेक्ट्रोन मान्न सकिने उहाँको भनाइ छ । वज्रयानको प्रभावले तिब्बतमा समेत गणेशको महिमा पाइन्छ । तिब्बतिमा बौद्ध धर्मअनुसार गणेशलाई अवलोकितेश्वर रुपमा लिने गरिन्छ । विगतमा तिब्बत गएर नेपाली कलाकारहरुले नै तान्त्रिक गणेशको पौभा चित्रहरु बनाएको इतिहास पनि छ ।

शाक्य भन्नु हुन्छ गणेशको तन्त्र एक महत्वपूर्ण शक्ति हो जुन मानव जीवनमा व्यापक छ, त्यसैले उच्चशिक्षा हासिल गर्ने विद्यावारिधिको अर्थ पनि शुभकार्य गणेश हो ।

चथाः अर्थात गणेश चतुर्थीका दिन चन्द्रमा सँगै गणेशको पूजा गरिन्छ । चाँदीको गणेशको मूर्ति उत्तम मानिन्छ , शाक्यको तर्क छ । सधै गणेशको आर्शिवादले शुसमाचार हेर्न र सुन्न पाइयोस्, कला संस्कृतिको जर्गेना गर्ने सकियोस् ।