१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता


0
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गर्नुभएको हो । भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले दलहरूबीचको सहमतिको आधारमा सम्झौतालाई अघि बढाउने धारणा राख्नुभएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।