२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरा कांग्रेस महाधिवेशन : नगर सभापतिमा ६ जनाको प्रतिस्पर्धा


0
Shares

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो ।

उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन कार्यकर्तालाई सुझाव दिनुभयो । गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताको आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव उहाँको छ ।

पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा १ महिलासहित ६ जनाको सभापतिमा मनोनयन दर्ताको गरेको निर्वाचन अधिकृत आरसी बिमलले जानकारी दिनुभयो । निर्वाचनमा कुल मतदाता १ हजार ३ सय ७० छन् ।

महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गंगाधर पराजुली र ज्योति हमालले उमेदवारी दिएका छन् । यीमध्ये केन्द्रमा देखिएको गुटअनुसार महानगर पनि गुटअनुरुप मनोनयन दर्ता भएको छ ।