
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)का सांसद गोकुल बाँस्कोटाले शुक्रबार संसदमा के भएको भन्नेबारे आफू अनविज्ञ रहेको बताउनुभएको छ ।
बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले संसदमा आज के ल्याएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज संसदमा के ल्याको हो मलाई केही थाहा छैन ।’
सांसद बाँस्कोटाले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भुमिका पनि निर्वाह नभएको भन्दै आलोचना गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफुहरूप्रति असहिष्णु व्यवहार गरेको भन्दै उहाँले सभामुखलाई मान्न नसकिने बताउनुभयो ।
सभामुखको गलत कामको आफूहरूले विरोध गरेको सांसद बाँस्कोटाको भनाइ छ । उहाँले भन्नुभयो – ‘त्यो कुर्सिमा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो ।’
सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरूलाई समेत कार्यसूची र एजेण्डा निदएको सांसद बाँस्कोटाको आरोप छ । उहाँले भन्नुभयो, ‘हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरीका गलत भयो त्यसको विरोध गरेको हो । प्रतिवाद गरेको हो ।’
प्रतिक्रिया दिनुहोस्