
एजेन्सी । भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले पदबाट राजीनामा दिएका छन् ।
राजीनामा दिएलगत्तै उनले पार्टीमा समयअनुसार दायित्व पनि परिवर्तन हुने र यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् । उनले गुजरातमा विधानसभा चुनाव हुनुभन्दा एक वर्षअघि नै राजीनामा दिएका हुन् ।
आइतबार भाजपाको विधायक दलको बैठक बोलाइएको छ । उक्त बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नसक्ने बताइएको छ । नयाँ मुख्यमन्त्रीका लागि चार नेताको दौडधुप बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मान्डविया, केन्द्रीय मत्स्य तथा पशुपालन मन्त्री परुषोत्तम रुपाला, गुजरातका उपमुख्यमन्त्री नितिन पटेल र गुजरातका भाजपा अध्यक्ष सीआर पाटिल नयाँ मुख्यमन्त्रीको दौडमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्