
रुपन्देही । जिल्लाको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
मर्चवारी गाउँपालिका–३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिनुभयो ।
शुक्रबार साँझ साढे ५ बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको हो ।श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।
यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताउनुभयो । घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्