
काठमाडौं । नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ ।
गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ ।
सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्