१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्पेनको जंगलमा भीषण आगलागी, दुई हजार नागरिक विस्थापित


0
Shares

एजेन्सी । स्पेनको एक जंगलमा भीषण आगलागी भएपछी २ हजार सर्वसाधारण विस्थापित भएका छन् । स्पेनको दक्षिणी क्षेत्रमा रहेको एन्डलुसिया जंगलमा भएको आगलागीमा एकजनाको मृत्यु भएको छ ।

आगलागीका कारण स्पेनको प्रसिद्ध कोस्टा डेलको रिसोर्ट पनि खाली गरिएको छ । आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र सेना परिचालन गरिएको छ । आगलागीबाट हुन सक्ने क्षतीलाई ध्यानमा राखी जंगल वरिपरीका ६ वटा बस्ती खाली गरिएका छन् ।

जलवायु परिवतर्नको असर स्वरुप आगलागी भएको मौसमबिदहरुले बताएका छन् । आगलागीका कारण हजारौं हेक्टर जंगल जलेर नष्ट भएका छन् ।